दफा ११७
विनियम बनाउन सक्ने
यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही धितोपत्र बजारले बोर्डको स्वीकृति लिई देहायका विषयहरुका सम्बन्धमा आवश्यक विनियमहरु बनाउन सक्नेछः– (क) धितोपत्र सूचीकरण तथा सूचीकृत धितोपत्रको कारोबार सम्बन्धमा, (ख) सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा सम्बन्धमा, (ग) धितोपत्र बजार स्वच्छ र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न कर्मचारीहरुको सेवा र आचरण तथा बजार निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा ।